कैलाली। कैलालीको अत्तरियामा गौ हत्या विरुद्ध र्याली निकालिएको छ । लोक कल्याणकारी गौ सेवा ट्रष्ट गोदावरी र सुदूरपश्चिम ॐ कार परिवारले धरानमा भएको गौ हत्या विरुद्ध शान्तिपुर्ण र्याली निकालेको हो।
र्यालीले अत्तरिया बजार परिक्रमा गरेर गौ हत्या विरुद्ध नारा लगाएका थिए । र्याली पछि आयोजित कोण सभालाई सम्बोन्धन गर्दै सुदूरपश्चिम प्रदेशकी प्रदेश सभा सदस्य खेमादेवि बिष्ट हिन्दु धर्मावलम्बीहरु एक भएर गाईको रक्षा गर्नुपर्ने बताएकी थिइन।
उनले पछिल्लो समय हिन्दु धर्ममाथि प्रहार भइरहेको र गाईको मासु खाएर सामाजिक सन्जालमा हाल्ने काम भइरहेको भन्दै आफ्नो पार्टी राप्राको तफर्बाट पनि त्यसको विरोध गरिएको बताइन्। धरानमा केहि दिन अघि केहि गाई काटेर मासु खाँदै सामाजिक संजालमा भिडियो सेयर गरिएपछि देशभरी विरोध प्रदर्शन भइरहेको छ ।