कैलाली।कैलालीमा छाडा पशु चौपायाले किसानलाई सताउने थालेका छन्। छाडा पशु चौपायाले पसाउन लागेको धानमा क्षति पु¥याउन थालेपछि किसानलाई धानबाली जोगाउन समस्या परेको हो।
रातीको समयमा दर्जन बढी पशु चौपाया खेतमा पस्न थालेपछि धानवाली जोगाउन समस्या भएको धनगढी-३ का किसानलाई जनक चौधरीले बताए। पहिला–पहिला एक, दुई चौपाया आउँने गरेकोमा त्यती धेरै नोक्सानी नभएको र अहिले १५–२० चौपाया एकै साथ खेतमा पस्दा धानवाली स्वाहा पार्न थालेको उनले बताए । त्यती धेरै चौपाया एक रात सम्म खेतमा पस्दा विधा जमिनमा लगाएको धानवाली स्वाहा गरेको उनले बताए ।
उनले एक साताको अवधीमा १० जना किसानको करिव ७ विघा जमिनमा लगाइएको धानवाली छाडा पशु चौपायले नष्ट गरेको उनको भनाई छ । छाडा पशु चौपाया व्यवस्थित गर्न आफुहरुले पटक–पटक वडा कार्यालयसंग निवेदन गरेपनि सुनुवाई नभएको किसानहरुको भनाई छ । धान बाली पसाउने बेलामा छाडा पशुले नोक्सानी पु¥याउँदा साह्रै नराम्रो लाग्नेगरेको अर्का किसान डम्बर चौधरीले बताएका छन् । उनले छाडा पशुको उचित व्यवस्थापन नहुँदा सास्तीमात्र होइन, बाली सखाप गर्दा जोगाउन समस्या भएको बताए। धनगढी-१२ का किसान वीरेन्द्र कुँवरले छाडा पशुले बाली नोक्सान गर्न थालेपछि रात–दिन बाली कुरेर जाग्राम बस्नु परिरहेको बताए ।
केही दिनअघि मात्रै पशुको बथान पसेर दुई कठ्ठा जमिनको धान खाएर सखाप पारेको बताए । उनले तारबार लगाएको बाली पनि पशु पसेर सखाप पार्न थालेपछि बाली कुर्न थालेको जानकारी दिए । उनका अनुसार छाडा पशुले आफ्नो मात्र नभई अन्य किसानको बालीमा समेत नोक्सानी गरेका छन् । पशुले बाली सखाप पार्ने डरले कतिपय किसानले खेती लगाउन छाडेका छन् । उनले भने, मेरो छिमेकीले लगातार दुई वर्ष पशुका कारण बाली स्याहार्न नपाएकाले यस वर्ष धानबाली रोपेनन्,’ उनले भने, ‘यसपालि मास र अलहर खेती गरेका छन् ।
त्यसमा पनि पशुले क्षति पुर्याएपछि दिक्क छन् ।’ छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ। व्यवस्थापनका लागि केही प्रयास भएका छन्। छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन् । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेको अर्का किसान गणेश उपाध्यायको गुनासो छ।
छाडा पशु यस क्षेत्रमा दीर्घकालीन समस्याका रूपमा स्थापित हुँदै आएको छ । व्यवस्थापनका लागि केही प्रयास भएका छन् । छाडा पशु व्यवस्थापनका लागि अस्थायी टहरा निर्माणदेखि पालनपोषणका लागि केही कार्य गरेका छन् । ‘सिजनल’रूपमा तत्कालीन समस्या समाधानको प्रयास भए पनि यसको दीर्घकालीन व्यवस्थापन नहुँदा छाडा पशुको समस्या उस्तै रहेर्को किसान गणेश उपाध्याय बताउँछन् । स्थानीय तहहरु भने छाडा पशु चौपाय व्यवस्थापन गर्न आफुहरु लागिपरेको बताउँछन् । ‘उप महानगरका–४ ठाउँमा गौसाला निर्माण गरेका छौं,’ धनगढी उप महानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले भनिन्, ‘देखेका चौपाय त्यही राख्ने गरेका छौं ।’ धनगढी-१८ फूलवारीमा पनि गौशाला तयार भइसकेको भन्दै उनले केही सयम पछि त्यहाँपनि चौपाया राखिने बताएकी छिन् ।