धनगढी। कैलालीका एक ब्यक्ती ४ लाख ७४ हजार पाँच सय भारुसहित पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ वनखेतका ३५ वर्षिय रमेशबहादुर तिरुवा भारु र लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
रमेशसँग सुर्तीको खोलमा दुई ग्राम एक सय ९० मिलिग्राम लागुऔषध र चार लाख ७४ हजार पाँच सय भारतीय मुद्रासहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। पंखाको काटुनमा भारतीय मुद्रा राखेको र श्रोत नखुलेकाले बरामद गरिएको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीले घटनाको विषयमा रमेशलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको बताएको छ।