डडेल्धुरा। डडेल्धुरामा एक वृद्धा घर नजिकै मृत अवस्थामा फेला परेकी छिन्। प्रहरीका अनुसार जिल्लाको आलिताल गाउँपालिका–८ मौरीकी ८३ वर्षीया जस्मादेवी कुँवर घर नजिकै मृत अवस्थामा फेला परेकी हुन् ।
उनमा मानसिक समस्या रहेको प्रहरीको भनाइ छ । शवलाई पोष्टमार्टमका लागि जोगबुडा अस्पतालमा राखिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।