कैलाली। कैलालीको अत्तरियाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। कैलालीको गोदावरी नगरपालिकास्थीत अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ बेडपानीका २९ वर्षीय निराजन बिष्ट लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।
हाल कैलालीको गोदावरी नगरपालिका-२ तेघरीमा भाडामा बस्दै आएका बिष्टलाई बुधबार दुई ग्राम ५८६ मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय मालाखेतीले पक्राउ गरेको हो। पक्राउ परेका बिष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाइएको छ।