कञ्चनपुर। महाकाली नदीमा पानीको बहाव घटेपछि बनबासा पुलमा ४ पांग्रे सवारी साधन सञ्चालनमा आएका छन् । महाकालीमा पानीको बहाव घटेपछि शनिबारदेखि चार पांग्रे सवारी साधन सञ्चालनमा आएका हुन्।
बिहीबारदेखि पानीको बहाव बढेपछि बन्द भएको शारदा ब्यारेजको बनबासा पुल तेस्रो दिन ठूला सवारी साधनका लागि आवगमन खुला गरिएको हो। शनिबार महाकालीमा पानीको बहाव ८५ हजार ७१९ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शुक्रबार साँझ पानीको बहाव १ लाख १० हजार क्यूसेक पुगेको थियो। पानीको बहाव १ लाख नाघ्नेबित्तिकै चार पांग्रे सवारी साधनको अवागमनमा रोक लगाइने गरिएको छ।