धनगढी। नेकपा (मसाल) का महामन्त्री मोहन विक्रम सिंहले गणतन्त्र र संघीयता गुम्नसक्ने खतरा बढेको बताएका छन्। प्रदेशस्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा धनगढी पुगेका महामन्त्री सिंहले सो कुरा बताएका हुन्।
राजावादी, प्रतिगामी र विदेशी धेरै शक्तिहरुले गणतन्त्र र संघीयतामाथि हमला गरिरहेको बताउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले पनि यस मुद्दामा प्रतिगमनतर्फ लागेको उनले आरोप लगाए । नेपालभित्र मात्र नभइ विदेशीहरु विशेषगरी भारतको नीतिका कारण पनि गणतन्त्र गम्भीर संकटमा परेको बताए। भारतका शत्ताधारी पार्टीहरु खुला रुपमा नेपाललाई हिन्दूराष्ट्र बनाउने गतिविधिमा संलग्न देखिएको उनको भनाई छ।
नेपालमा पनि राजावादी शक्तिहरु विगतभन्दा निकै बलिया भएको र पूरा शक्ति अहिले राजतन्त्र फर्काउने अभियानमा लागेको उनले बताए। साथै भारतमा आउने २०२४ को निर्वाचनमा पुनः कट्टरपन्थी हिन्दूवादीले जिते भने नेपाललाई ठूलो क्षति पुग्नसक्ने उनको भनाइ छ। सबै मिलेर राजा फर्कन दिनु नहुने र एक पटक प्राप्त भएको उपलब्धि गुम्न नदिन सबै एकजुट हुनुपर्ने नेकपा ९मसाल० का महामन्त्री सिंहले बताए । २०१७ साल र ०५९ सालमा राजाले गरेको कू भन्दा अहिलेको अवस्था जटिल भएको बताए। साथै उनले संघीयतासँगै देशमा विखण्डन आएको र संकट निम्त्याएकोमा उनले चिन्ता व्यक्त गरे।सबै राष्ट्रवादी शक्तिहरु एक हुनुपर्नेमा उनले बताएका छन्।