धनगढी। धनगढी उपमहानगरपालिका ५ शिवनगरमा रहेको चैतन्य पाठशालाले गौरा पर्व तथा देउडा खेल कार्यक्रम गरेको छ। विरुडा पञ्चमीबाट सुरु भएको गौरा आज अष्टमीको दिन गौरा महेश्वरको पूजा गरेर मनाइने कार्यक्रम अनुसार पाठशालाले गौरा पर्व तथा देउडा खेल कार्यक्रम गरेको हो।
पाठशालाको आयोजनामा गरिएको गौरा पर्व तथा डेउडा खेल, २०८० कार्यक्रममा विद्यार्थी, अभिभावक र संस्कृति प्रेमीहरूको सहभागिता रहेको थियो । विद्यालयका सह प्रधानाध्यापक कटकबहादुर सिंहले चैतन्य पाठशालाले शिक्षासँगै संस्कारको संस्कृतिको पहिचान र प्रवर्द्धन गर्ने उदेश्यसहित यस वर्षबाट गौरा पर्व मनाउन थालिएको बताए। विद्यालयमा विद्यार्थीहरूलाई मौलिक चाडपर्वबारे जानकारी गराउन र गौराको मैलिकतालाई जीवन्त राख्नुको साथै संस्कृति संरक्षण गर्न विद्यालयले गौरा मनाउन थालेको सह प्रधानाध्यापक सिंहको भनाई छ। कार्यक्रममा गौरा मनाउन र डेउडा खेल्न विद्यालयका अभिभावक, शिक्षक, शिक्षीकाहरूको उपस्थिति रहेको कार्यक्रमको प्रमुख अतिथि डेउडा प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटी रहेका थिए। कार्यक्रममा विद्यालयका निर्देशक हरि प्रशाद जोशी, प्रधानाध्यापक अशोक खाती, शिक्षक अभिभावक संघका अध्यक्ष किशोर गिरी, चैतन्य योग समितिका अध्यक्ष गोरख खाती, विद्यालयका शिक्षक-शिक्षिका र संस्कृति प्रेमी सर्वसाधारणको उपस्थिति रहेको थियो। विवाहित महिलाहरूले गौरा-महेश्वरको उपासना गरेर पवित्र दुबधागो धारण गर्ने गरिन्छ।
कार्यक्रममा चैतन्य पाठशालाका स्कुलका प्रधानाध्यापक अशोक राज खातीको अध्यक्षतामा कार्यक्रम भएको थियो। कार्यक्रममा बोल्दै पाठशालाका प्रधानाध्यापक खातीले चैतन्य पाठशालाले शिक्षासँगै संस्कारको संस्कृतिको पहिचान र प्रवर्द्धन गर्ने उदेश्य संगै अबको चैतन्य पाठशाला स्कुल सुदूरपश्चिमको नमुना स्कुल बनाउने बताए। कार्यक्रमको सहजीकर शिक्षक,रमेश क्षेडाल, बिन्दाश बम,नृप बोगटी,रवी साउँद,शिक्षीका हेमा जोशी, आँचल बम, लगायतले गरेका थिए । भने कार्यक्रमको सञ्चालन बिवेक जोशीले गरेका थिए।