दार्चुला। दार्चुलामा एक हप्तादेखि बेपत्ता प्रधानाध्यापक अझै भेटिएका छैनन्। ७ दिन देखि बेपत्ता लेकम गाउँपालिका-२ स्थित श्री सरस्वती आवि बिटोराका प्रधानाध्यापक अनिरुद्र भट्ट अझै नभेटिएका आफन्त अम्बादत्त भट्टले जानकारी दिए।
५६ वर्षीय भट्ट साउन ३१ गते मंगलवार दिउँसो आमालाई खाना पकाउन भनी आफू नुहाउनका गएपछि सम्पर्कविहीन भएका थिए। बेपत्ता शिक्षक भट्टको स्थानीयहरू र प्रहरीले खोजि गरिरहेका छन् ।भिरमा लडेको हुनसक्ने आशंकामा नजिकका सबै गाउँका खोला, भिरपाखाहरुमा हेरेपनि नभेटिएको बताइएको छ। प्रहरी चौकी रातामाटाबाट निरन्तर सुरक्षाकर्मीहरु खोजि कार्यमा खटिएका छन्।
ईलाका प्रहरी कार्यालय रिठाचौपाताका ईन्चार्ज तिलक कलौनीको नेतृत्वमा रिठाचौपाताबाट समेत प्रहरी टोली खटिएको थियो। स्थानीयबासीन्दा र प्रहरीले खोजि गर्दा अहिलेसम्म वेपत्ता भट्ट फेला नपरेको रिठाचौपाता प्रहरी कार्यालयका ईन्चार्ज तिलक कलौनीले बताए। बेपत्ता भट्टको खोजि कार्य जारी रहेको आफन्तजनले जनाएका छन्।