धनगढी। कैलालीको कैलारी गाउँपालिकाका एक वडा सदस्यको मृत्यु भएको छ। आज आइतबार कैलारी गाउँपालिका वडा नम्बर ८ दुधिया गाउँका ४२ वर्षीय वडा सदस्य माधुराम चौधरीको मृत्यु भएको कैलाली प्रहरी जनाएको छ।
कैलाली गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरीका अनुसार हिजो शनिबार कैलारीबाट धनगढी आइपुगेका माधुरामको मृत्यु भएको हो। उनको मृत्युपछि आज कैलारी गाउँपालिकाको कार्यालय एवं शिक्षण संस्थाहरुमा बिदा दिइएको छ। कैलाली प्रहरीका अनुसार वडा सदस्यको मृत्यु रहस्यमय तरिकाले भएको भन्दै अनुसन्धान सुरु थालिएको छ।
प्रहरी स्रोतका अनुसार हिजो कैलारीबाट धनगढी आएका माधुराम धनगढीको शिवपुरी आसपासमा रहेको आफ्नी साली नाता पर्ने महिलाको कोठामा बसेका थिए। प्रेसरका बिरामी समेत रहेका माधुराम अचानक लडेपछि राति नै अस्पताल लगिएको थियो। तर उनको बिहान मृत्यु भएको गाउँपालिकाले जनाएको छ। धनगढीको मायामेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो। यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।यस्तै मृतक माधुरामको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ भने उनकी सालीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताइएको छ ।