कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालीकाको भवन निर्माणका क्रममा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। कञ्चनपुरको झलारी नम्बर वडा नम्बर १० मा निर्माणाधिन नगरपालीकाको भवनमा खटिएका १८ वर्षीय बिकास सहानीको मृत्यु भएको हो।
झलारीमा निर्माणाधिन भवनको लेन्टरलाई ब्रेकर मेसिनले तोडेर मर्मत गर्ने क्रममा सहानीलाई आज बुधवार दिउँसो करेन्ट लागेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पर्साको पकहानीपुर गाउँपालिका–२ मधुबनी बस्ने प्रमोद सहानीको छोरा बिकास करेन्ट लागि घाईते भएका थिए। उनको अत्तरियास्थित पद्मा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।