धनगढी : नेकपा माओवादी केन्द्र निकटको भात्रृ संगठन रिटर्नी सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको संयोजकमा राजेन्द्र बिष्ट चयन भएका छन् । मंगलबार धनगढीमा भएको प्रथम भेलाबाट बिष्ट संयोजकमा सर्बसम्मत चयन भएका हुन् । रिटर्नी सेन्टर नेपाल सुदूरपश्चिमको सचिवमा बिष्णु केसी चयन भएका छन् ।
बैदेशिक रोजगार पश्चात नेपालमा उद्यम गरिरहेकाहरुलाई समेटेर निर्माण गरिएको संगठन माओवादी केन्द्र निकटको २४ औँ जन बर्गिाय संगठन हो । सचिव बिष्णु केसीका अनुसार माओवादी केन्द्र निकटका सबै बैदेशिक रोजगार पश्चात नेपालमा उद्यम गरिरहेकाहरुलाई समेटेर बलियो संगठन बनाइने छ । हाल तदर्थ समिति चयन गरेको बताउँदै केसीले प्रदेशभरीबाट सदस्यहरुलाई मनोनित गर्ने र निकट भविश्यमै कमिटिलाई पुर्णता दिने बताए ।
मंगलबार धनगढीको सुभम होटेलमा नेकपा माओवादी केन्द्रका स्थाई कमिटि सदस्य तथा पार्टी सुदूरपश्चिम संसदिय दलका नेता खगराज भट्टले एक कार्यक्रमका बिच रिटर्नी सेन्टर नेपाल सुदूरपश्चिमको प्रथम भेलालाई उद्घाटन गरेका थिए । भट्टले उद्यमशिलतालाई बढावा दिन र थप उद्यमी उत्पादन गर्न संगठनले महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा राखेका थिए ।