कैलाली। कैलालीको लम्किचुहामा एक महिलाको शव फेला परेको छ। साउन २२ गतेदेखि हराइरहेकी लम्किचुहा नगरपालिका–१० की करिब ६० वर्षीया भोकारी चौधरीको आज शव फेला परेको प्रहरीले जनाएको हो।
जानकी गाउँपालिका–२ कटघर नजिकै पथरिया नदीमा चौधरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।शवलाई पोष्टमार्टमका लागि टीकपुर अस्पतालमा राखिएको र घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।