काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सांसद सुनील शर्माबीच आइतबार भेट भएको छ । शर्मा एमाले अध्यक्ष ओलीलाई भेट्न आइतबार बिहान ९ बजे उनको निवास बालकोट पुगेका थिए।
उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो। नक्कली प्रमाणपत्रको छानबिनका लागि भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले बिहीबार शर्मालाई पक्राउ गरेको थियो । शुक्रबार जिल्ला अदालतले थुनामा राख्न नपर्ने आदेश दिएपछि शर्मा रिहा भएका थिए।
थुनामुक्त भएपछि शर्माले आफ्नो बाबुसमान भन्दै एमाले अध्यक्ष ओलीको प्रशंसा गरेका थिए। शनिबार एक अन्तर्वार्तामा उनले आफूले आइतबार ओलीसँग भेट्ने तय भएको पनि बताएका थिए । शर्माले १० साउनको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतले राजीनामा दिनुपर्ने धारणा राखेका थिए। यस्तै पार्टी कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै ओलीले सुन तस्करी प्रकरण र सदन अवरोधको विषयलाई लिएर भने, ‘सुनिल शर्माबारे छानबिन नगर भनेको होइन।
अदालतले त तत्कालै छाडिदियो नि। समात्नै नहुने थियो, छानबिनबाट ठहर्ने नठहर्ने त थाहा थिएन । हतार हतार उनलाई पक्राउ गरेर गिरफ्तार गर्नुपर्ने किन ? ’ सुन तस्करी र ललिता निवास छाडेर सरकार एउटा व्यक्तिसँग रिसइबी साँध्न शर्मालाई पक्राउ गरेको आरोप लगाए । उनले भने, ‘सुनिल शर्माको सर्टिफिकेटको म जाँचकी होइन, हामीले सर्टिफिकेट नजाँच भनेका छैनौँ । एउटा सांसदलाई कार्यकर्ताबाट उजुरी हलाएर गिरफ्तार गरिएको छ । के सुनिल शर्मा जस्तो हस्पिटल चलाएको सांसद यस्ता कुरामा देश छोडेर जाला ? ’