धनगढी। कैलालीको लिक्मा नदीमा डुबेर दुई जना बालिका बेपत्ता भएका छन्। शुक्रवार जिल्लाको गौरीगंगा नगरपालिका-८ बडैपुर शिबिरका शेरबहादुर बोहराकी ९ वर्षीया छोरी मुना बोहरा र सोहि शिबिरमा बस्दै आएका रमेश ओलीका १० वर्षीया छोरी गौरी ओली बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीले घरमा कसैलाई जानकारी नगराई हराएको खबर प्राप्त भएको जनाएको छ। दुबै बालिकाको खोजी कार्य नेपाल प्रहरी र आर्मीको टोलीले गरिरहेका छन् । खोजी कार्य जारी भइरहेको बताइएको छ।


