धनगढी। कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएका छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारेलबाट भन्सार छलीका अन्दाजी ३२ हजार मूल्य बराबरको लेडिज सुट, साडी, कस्मेटिक लगायतका सामानहरु शुक्रवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।
यस्तै कञ्चनपुरको भिमदत्त-६ सुकासाल र बेलौरी-६ मैनाहाबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १ लाख २७ हजार मूल्य बराबरको भन्सार छलीका सामान बरामद गरिएको हो। लेडिज सुट, साडी, धोती, दाल, सोडा लगायतका सामानहरु शुक्रवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।