धनगढी। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनगढीमा र्याली निकालिएको छ। नेपाल विद्यार्थी संघ नेविसंघ धनगढी उपमहानरपालिकाले धनगढी चौराहादेखि पार्कमोडसम्म सचेतना मुलक र्यालीको आयोजना गरिएको हो।
अगस्ट १२ तारिख आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइरहेका बेला धनगढीमा पनि विभिन्न कार्यक्रम भैरहेका छन्। । भ्रष्टाचार,मानव बेचबिखन तथा लागु औषध न्यूनिकरणका लागी दबाब सिर्जना गर्न धनगढीमा पैदल यात्रा गरेको आयोजकले जनाएको छ। उक्त सचेतना मुलक र्यालीमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह,सुदूरपश्चिम प्रदेशका भौतिक पुर्वाधार मन्त्री प्रकाश बहादुर देउवा, जनप्रतिनिधि र सुरक्षा निकाय लगायतको उपस्थिति रहेको थियो।
र्याली धनगढीको पार्क मोडमा पुगेर कोण सभामा परिणत भएको थियो।सहभागीहरुले युवासँग सम्बन्धित नीति कार्यान्वयनका लागि बजेटको उपलब्धता र योजना कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।राज्यले युवालाई प्राथमिकता राखी युवा सशक्तीकरण, आत्मनिर्भर र स्वरोजगार बनाउन राज्यले थप प्राथमिकता दिनुपर्ने उनीहरुको भनाई छ। कोण सभामा बोल्दै मुख्यमन्त्री शाहले भने अहिलेका युवाहरू लागु औषधमा पसेको देखिन्छ। हामीले यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर विभिन्न कार्यक्रमहरूको आयोजना गरी रहेका छौँ। लागु औषध कम गर्नका लागी प्रदेश सरकार युवाहरु हातेमालो गर्न तयार रहेको मुख्यमन्त्री शाहले प्रतिबद्धता गरेका छन्।