धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले सबै दामुदायिक बनहरुले बिधानमा उल्लेख गरे अनुसार सामाजिक उत्तरदायित्व बहन गर्न नसकेको बताएका छन् । सामुदायिक बन समन्वय समिति कञ्चनपुरको १९ औँ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री धामीले सामुदायिक बनहरुको उद्देश्य अनुसार सामाजिक उत्तरदायित्व बहन हुन नसकेको बताएका हुन् ।
सामुदायिक बनहरुको कार्ययोजना अनुसार समाजमा कामै भएन मन्त्री धामीले भने “कार्ययोजनामा त कति पैँसा समुदायमा लगाउने, कति बिद्यालयमा, कति दुखी पिडितका लागी खर्च गर्ने उल्लेख होला नी खै सबै सामुदायिक बनहरुले त्यो कार्ययोजना अनुसार काम गरेका छन्, सायद मलाई लाग्छ सबैले त्यो कार्ययोजना अनुसार काम गरेका छैनन्, भएको भए राम्रो तर जति गर्नुपर्ने त्यो भएको छैन, भएको ठाउँमापनि जनता शन्तुस्ट छैनन्, सबै पैँसा अध्यक्षले खायो, कार्यसमितिले खायो भन्छन जनताले, किन प्रश्न उठाउने ठाउँ राख्नुभएको, आम समुदायको हितमा काम गर्नुस न किन प्रश्न उठ्छ ।”
सामुदायिक बनको अध्यक्ष बन्नका लागी मान्छेले किन मारामार गर्छन त योपनि प्रश्न जनताले उठाइरहेका छन् उनले भने “जनताले धेरै अबिश्वास गरेका छन्, बिश्वास गर्ने वातावरण बनाउनुहोला, सबै सगंठित भएर लाग्नुभएको छ, तपाइहरुका समस्या एकै ठाउँमा राख्नुस एकै ठाउँबाट हल गर्नुपर्छ, त्यसपछि बनको संरक्षण गर्ने कुरा रहन्छ ।” सामुदायिक बन गठनपछि बनको संरक्षण भएको धामीले बताए । समुदाय स्तरमा बनको रक्षा र बिस्तार गर्नुपर्छ भनेको छ त्यो अनुसार काम गर्नुहोला उनले भने “कैलाली, कञ्चनपुर लगायत कति जिल्लामा सामुदायिक बन समन्वय समिति गठन भएका छन्, सबैले प्रदेश सरकारलाई सहयोग गर्नुपर्छ, सबैको अबिभावक सरकार हो, बन क्षेत्रको अबिभावक बन मन्त्रालय हो, प्रदेश सरकारलाई कसरी बलियो बनाउने यता लाग्नुपर्छ, अब क्लवका नाममा, संस्थाका नाममा, बनका नाममा कब्जा गर्ने मात्रै छन्, कब्जा तिर होइन संरक्षण तिर लागौँ बनबाट समुदायको जिवनस्तर माथी उकास्नुका साथै राज्यलाइपनि बलियो बनाऔँ ।”
एदी सरकारसंग कोषनै भएन भने सरकार बलियो बन्दैन उनले भने “सरकारलाई बलियो बनाउनपनि सहयोग गर्नुहोस, यस पटक हामीले प्रदेशको बन क्षेत्रबाट सरकारको आम्दानी बढाउने लक्ष लिएका छौँ, ४० प्रतिशत प्रदेशको संचित कोषमा जमा गर्ने ६० प्रतिशत सामुदायिक बनको खातामा जमा गर्ने कार्यक्रम लागु गर्नुपर्छ बन, बन उपभोक्ता र सरकार अनी बलियो बन्छ ।” राज्य बलियो भने मात्रै समुदाय अनी सामुदायिक बन बलियो हुन्छन् उनले भने “राज्यलाई बलियो बनाए मात्रै भ्रस्टाचार अनियमितता कम हुन्छ हामी सुशासन कायम गर्ने तर्फपनि लागौँ यसमा सबैको सहयोग चाहिन्छ हामी उपलब्धी हुने गरी काम गर्ने पक्षमा छौँ ।”