धनगढी : बैतडीका एक युवकको भारतमा हत्या भएको पाइएको छ । बैतडीको सुर्नया गाउँपालिका वडा नम्बर २ लिस्किटा खालिकाबगडका २७ बर्षिय तिलक बहादूर चन्दको हत्या भएको छ । भारतको बेंगलोरमा उनको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । गत साता आफ्नै कोटामा उनि मृत फेला परेका थिए ।
भारतिय प्रहरीको अनुसन्धान अनुसार भारतिय नागरिकबाटै उनको चक्कु प्रहारबाट हत्या भएको हो । बिगत ७ बर्षदेखी संगै रुम पार्टनर भएर बस्दै आएका भारतको कर्नाटकका ४५ वर्षिय शिद्धराजुले हत्या स्वीकार समेत गरिसकेका बताइएको छ । हत्याको कारण खुलेको छैन । भारतीय प्रहरीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गर्दैछ ।
तिलकको मृत्युको खबर आफुुहरुलाई इन्टरपोलबाट प्राप्त भएको आफन्तले बताएका छन् । सो भारतीय नागरिकले हत्या स्वीकार गरेपछि शव बुझेर अन्तिम संस्कार गरिएको छ । रोजगारिको सिलसिलामा भारत गएका तिलक ११ वर्ष देखि सम्पर्क विहिन थिए ।