कञ्चनपुर। कञ्चनपुरमा पोखरीमा डुवेर ४ बर्षीय बालिकाको मृत्यु भएको छ। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–८ धारापानीका राजेश धामीको छोरी ४ वर्षीया अनु धामीको बिहीवार पोखरीमा डुवेर मृत्यु भएको प्रहरीले जनाएको छ।
खेलिरहेको अबस्थामा घर नजिकै रहेको माछा पोखरीमा चिप्लेर बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।