कञ्चनपुर। कञ्चनपुरको दोधरा चाँदनी नाकाबाट एक बालिकाको उद्धार गरिएको छ। बाजुराको खप्तड छेडेदह गाउँपालिका-३ की एक बालिकाको महाकालीको दोधरा चाँदनी नाकाबाट उद्धार गरिएको हो।
ति बालिकाको शान्ति पुनस्पर्थापना गृहले महाकाली नगरपालिका –१ को दोधारा चाँदनी नाकाबाट उद्धार गरेको जनाएको छ। खप्तड छेडेदह गाउँपालिका वटा न-३ का १७ वर्षीय एक युवकले सोही गाउँकी १६ वर्षीया ति बालिकालाई विवाह गरेको वहानामा भारतमा लैजाँदै गरेको अवस्थामा उद्धार गरेको शान्ति पुनस्र्थापना गृह गड्डाचौकीले जनाएको छ।
शान्ति पुनरनस्र्थापना गृहको सम्मपर्क कार्यालय चाँदनीका परामर्शदाता रेखा पुजाराले, खप्तड छेडेदह गाउँपालिका-३ का नरेश चँदाराले त्यो बालिकालाई ललाई फकाइ गरेर भारतमा लैजाँदै गरेको समय उद्धार गरेको बताए। उनले, खप्तड छेडेदह गाउँपालिका ३ की १७ नरेश चँदाराले सोही गाउँकी उक्त बालिकालाई विवाहको बहाना गरेर कामको खोजीमा भारतको पौडीमा दिन लागेको क्रममा उद्धार गरेको बताए।अहिले सो बालिकालाई आफन्तको जिम्मा लगाइसकेको शान्ति पुनरनस्र्थापना गृहको शाखा कार्यालय कन्चनपुर गड्डाचौकीका सुपरभाईजर मनिषा न्यौपानेले बताए।