धनगढी। धनगढीमा मन्दिरबाट उद्दार गरिएका एक जना पुरुषको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका-४ गोलमार्केट स्थित शिव मन्दिरमा विरामी भएर थलिएका एक पुरुषको प्रहरीले उद्दार गरी सेती अस्पतालमा पुगाएपछि मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीले ति ५५ बर्षीय पुरुषले उद्दारका क्रममा आफ्नो घर गुल्मी र, नाम दासीराम पाण्डेय बताएको जनाएको छ।सेती प्रादेशीक अस्पताल धनगढी पठाएकोमा आज बिहान १०:४० बजेको समयमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव सेती अस्पतालको लाश घरमा राखिएको छ । उनका आफन्त कोही पनि सम्पर्कमा नआएकाले पुरुषको पहिचान गर्न सक्ने व्यक्तिले प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको छ।