कैलाली। प्रहरीले कैलालीको जोशीपुरबाट ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
बुधबार दिउँसो आठ सय मिलिग्राम ब्राउनसुगरसहित जोशीपुर गाउँपालिका–४ झवहीबाट कैलालीकै भजनी नगरपालिका–६ नवलपुर का २८ वर्षीय राजेश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय जोशीपुरको गस्ती टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा चौधरीको साथबाट उक्त पदार्थ फेला परेको हो ।