कैलाली। कैलालीमा लागुऔषधसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। मंगलबार साँझ कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित प्रहरी चेकपोष्ट नजिकबाट ६ ग्राम ६० मिलिग्राम ब्राउनसुगरसहित ५१ वर्षीय भारतीय नागरिक हरिओम सिंह पक्राउ गरिएको प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डाबाट खटिएको संयुक्त प्रहरी टोलीले सिंहलाई पक्राउ गरेको हो। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट खटिइएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्दा उनले चलाएको युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाईकलमा लुकाई राखेको लागुऔषध फेलापारी मोटरसाईकलसहित उनलाई पक्राउ गरेको जनाएको जनाएको छ।प्रहरीका अनुसार शङ्काको आधारमा चेकजाँच गर्दा सिंहले चलाई ल्याएको भारतीय युपी ३१ बी एक्स ६८९७ नम्बरको मोटरसाईकलमा लुकाईछिपाइ राखेको बउनसुगर फेला परेको हो ।