धनगढी। कैलालीको अत्तरियामा होटल खोलेर यौनधन्दा गराउने २ जना पक्राउ परेका छन्। सोमवार इलाका प्रहरी कार्यालय मालाखेतीले गोदावरी नगरपालिका–२ आदर्श गल्लीमा रहेको होटलमा छापा हान्दा महिलासहित होटल संचालक पक्राउ परेका हुन्।
गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा रहेको बोगटी अछाम होटलका सञ्चालक डोटीको घण्टेश्वरका प्रकाश थापा र कैलालीको घोडाघोडी बस्ने बिमला सुनार पक्राउ परेका हुन्। मालाखेती प्रहरीका अनुसार उक्त होटलबाट १ बट्टा कण्डम, ९ ट्याबलेट गर्भनिरोधक औषधि इकोन पिल्स र सरजोल क्रीम १ बट्टा बरामद भएको छ।
वेश्यावृत्ति तथा अनैतिक क्रियाकलापमा संलग्नता रहेकाले उनीहरुलाई पक्राउ गरि आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले बताए।प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।