धनगढी। सुदूरपश्चिम प्रदेश सरकारमा नागरिक उन्मुक्ति पार्टीलाई सहभागि गराउने बिषयमा छलफल भएको छ। आज (सोमबार) नागरिक उन्मुक्ति पार्टीका नेताहरु र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहबीच छलफल भएको हो ।
उक्त छलफलमा नागरिक उन्मुक्तिको तर्फबाट संसदीय दलका नेता घनश्याम चौधरी रामेश्वर चौधरी र कैलाश चौधरी, पार्टी केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी लगायतका नेताहरुको सहभागिता रहेको थियो । नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंगो लगाएको बताइएको छ।
उनीहरुलाई मन्त्री नियुक्त गर्ने र शपथ ग्रहण गराउने भन्ने विषयमा छलफल भएको हो। नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले आजको छलफलमा भोलि ४ बजे नयाँ मन्त्रीको शपथ गराउने सहमति भएको जानकारी दिए ।उनले भने, आजको छलफल सकारात्मक भयो मुख्यमन्त्रीज्यूले भोलि ४ बजे सम्म शपथ गराउने भन्नुभएको छ। नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंग्याएको छ ।


