काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहालले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्ने भएका छन्। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम समिट-२०२३ मा सहभागी हुनका लागि प्रधानमन्त्रीलाई सहभागी हुन स्वीकृति दिने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
‘संयुक्त राष्ट्रंघको खानी तथा कृषि संगठनको मुख्यालय इटालीमा आयोजना हुने युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टोकिङ मुभमेण्टमा सहभागी हुन सम्माननीय प्रधानमन्त्रीको भ्रमण स्वीकृत गरेको छ । यसमा प्रतिनिधि मण्डलमा मान्य कृषि तथा पशुपंक्षी विकासमन्त्री समेतको प्रतिनिधित्व रहने व्यवस्था भएको छ,’ उनले भनिन्। सम्मेलन जुलाई २४,२५ र २६ मा इटालीमा हुँदैछ। त्यस्तै सरकारले कम्पनी दर्ता र पुँजीवृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर त्यसलाई छुट तथा परिमार्जन सम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको छ। त्यस्तै मन्त्रिपरिषद् बैठकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा डा। रवि मल्ललाई नियुक्त गरेको छ।