कञ्चनपुर। कञ्चनपुरको कृष्णपुरमा भारतबाट अवैध कुखुरा आयात गरिए १० हजार जरिवाना गरिने भएको छ । कञ्चनपुर कृष्णपुर नगरपालिकामा अवैध रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए १० हजार जरिवाना गरिने निर्णय भएको हो।
नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै भारतबाट अवैध रुपमा कुखुरा, अण्डा, चल्ला, माछा आयात गरिएको भेटिए जरिवाना गर्ने जनाएको हो। नगरप्रमुख हेम राज ओझाद्धारा जारी सूचनामा नगरपालिका भित्र भारतिय कुखुरा भित्रिरहेको भन्ने व्यापक जनगुनासो आएपछि नगरपालिका भित्र अवैधानिक रुपमा भारतिय कुखुरा, अण्डा, चल्ला, माछा आयात गर्न निषेध गरिएको उल्लेख छ। सूचनामा अवैध रुपमा आयात गरिएको भेटिए १० हजार जरिवाना हुने समेत जनाइएको छ।