धनगढी। कैलालीमा एक महिलाको शव फेला परेको छ। कैलालीको जानकी गाउँपालिका–२ कालिकापुर स्थित वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नाम नखुलेकी महिलाको शव फेला परेको हो।
ईलाका प्रहरी कार्यालय टिकापुरले वुडिकुलो नहरको पानीमा डुबेको अवस्थामा नामथर, वतन नखुलेकी अन्दाजी २३र२४ वर्षीया महिलाको शव फेला परेको बताएको छ। यस सम्बन्धमा ईलाका प्रहरी कार्यालय टिकापुरले थप अनुसन्धान गरिरहेको जनाएको छ।