धनगढी। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा उत्तरतर्फ(नेपाल नजिक) अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।
सोही मौसमी प्रणालीका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। देशका थोरै स्थानमा मेघ(गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार शनिवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा मेघ-गर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। शनिवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।