कञ्चनपुर। कञ्चनपुरमा लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–१३ पिपरैयाका २१ वर्षीय दिपक चदारा र दोधारा–चाँदनी नगरपालिका–१ का २२ वर्षीय अर्जुन सुनार पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
आइतबार राति ९ बजे कृष्णपुर नगरपालिका–२ की २१ वर्षीया अनारकली चौधरी धान रोपेर साइकलमा घर फर्कदै गर्दा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको सु प प्र ०२००३ प १५१ नम्बरको मोटरसाइकलमा सवारी चदारा र सुनारले ती महिलालाई धक्का दिएर लुटपाट गरेका थिए।
दुबै जनाले ती महिलासँग भएको मोबाइल लुटेर फरार भएका थिए। लुटेर फरार भएका दुबै जनालाई चेक पोइन्टमा चेकजाँच गर्दा एक थान मोबाइल, एक थान मोटरसाइकल र एक थान खुकुरी फेला परेपछि अस्थायी प्रहरी बिट भाँसीबाट पक्राउ गरिएको हो। प्रहरीले लुटपाटमा संलग्न दुबै जनालाई पक्राउ गरेर उनीहरुमाथी थप अनुसन्धान गरिरहेको जनाएको छ।