धनगढी। धनगढीका नगर प्रहरीलाई सर्प समात्ने तालिम दिइएको छ। धनगढी उप-महानगरपालिकाद्वारा उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीहरूलाई सर्प उद्धार व्यवस्थापन सम्बन्धी प्रशिक्षण अभ्यास तथा अभिमुखिकरण दिइएको हो।
धनगढी उपमहानगरभित्र कार्यरत नगर प्रहरीलाई सर्प समात्ने तालिम दिइएको उपमहानगरले जनाएको छ। उक्त कार्यक्रम हिजो र आज दुई दिनसम्म सञ्चालन गरिएको हो। आज मङ्गलबार दोस्रो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी सेक्टर अर्जुनीमा नै लगेर तालिम दिइएको हो।
सर्प उद्धार व्यवस्थापन सम्वन्धित प्रशिक्षण अभ्यास तथा अभिमुखिकरण तालिम दिइएको हो। मंगलबार कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज अन्तर्गत पूर्वी सेक्टर अर्जुनीबाट धनगढीका नगर प्रहरीलाई यस प्रकारको तालिम प्रदान गरिएको उपमहानगरपालिकाले जनाएको छ।