काठमाडौं। मेटाको म्यासेजिङ एप मेसेन्जरमा समस्या आएको भन्दै सयौं प्रयोगकर्ताले डाउन डिटेक्टरमा रिपोर्ट गरेका छन्। कयौं प्रयोगकर्ताहरूले फेसबुक मेसेन्जर एपमार्फत फोटो पठाउन नसकेको गुनासो सामाजिक सञ्जालमा राखेका छन्।
केही प्रयोगकर्ताले फोटो र भिडियो दुवै पठाउन नमिलिरहेको बताएका छन्। नेपालसहित बेलायत, अमेरिकासहित विभिन्न देशका प्रयोगकर्ताले समस्या आएको जनाएका छन्। डाउन डिटेक्टरमा कयौं प्रयोगकर्ताले मेसेन्जरमा समस्या आएको भन्दै कमेन्ट पनि गरेका छन्। मेटाले बिहीबारमात्रै आफ्नो ट्विटरको प्रतिद्धन्द्धी एप थ्रेड्स सार्वजनिक गरेको थियो।


