कञ्चनपुर। जिल्ला समन्वय समिति कञ्चनपुरको गाडी दुरुपयोग भएको आरोप लागेको छ । जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको बा १ झ ९३३४ नम्बरको पिकअप गाडीमा पुजाकालागी भन्दै केराका बोट ओसारपोसार गरिएको भन्दै दुरुपयोग भएको आरोप लागेको हो।
जिसस प्रमुख बोहराको घरमा लगाइएको पुजाका लागी प्रयोग भएका उक्त केराका बोटहरु दोधारा चाँदनीमा सेलाउने या भिमदत्त वडा नम्बर १८ मा स्कुलको भवन उद्घाटन तथा सत्यनारायण पुजाका लागी भन्दै प्रमुखको घरबाट गाडीमा राखेर लगिएको थियो । तर सरकारी गाडीमा केराका बोटहरु राखेर लगेको भन्दै दुरुपयोग गरेको आरोप लागेको हो।
वडा नम्बर १८ को अमर सहिद आधारभुत बिद्यालयको भवन उद्घाटन र सत्यनारायण पुजाकालागी ओसार पोसार भैरहेको पाइएपछि आलोचना भएको स्थानिय रोयल लोचन स्नेहीले बताए । यस्तै सामाजिक सञ्जालमा स्थानिय डम्बर भण्डारीले जिल्ला समन्वय समितिको गाडीमा ओसार पोसार गर्न नहुने भनाई राखेका छन्। यस्तै स्थानिय दिपक स्नेहीले पनी सरकारी गाडीको सदुपयोग भन्दा दुरुपयोग गरेर बिभिन्न काममा लगाइरहेको भन्दै यस्तो कार्य ठिक नभएको बताए।
यता सो बिषयका बारेमा बुझ्न लाग्दा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको मोवाईल स्वीच अफ गरिएको थियो । जिसस उपप्रमुख राम कुमारी रानाले आज बिहान आफुसँगै प्रमुख बोहरा ज्यु दोधारा चाँदनीमा केराका बोटहरु सेलाउन गइरहेको बताइन् । उनले प्रमुख ज्युको घरमा लगाइएको पुजाका लागी प्रयोग भएका उक्त केराका बोटहरु सेलाउन लगिरहेका थियौँ उनले भनिन्, बिच बाटोमा एक्कासी फोटो खिचेर सामाजिक सञ्जालमा हालेको बताइन् । यस्मा गाडी दुरुपयोग भएको भन्न नमिल्ने उनले बताइन्।