कञ्चनपुर। कञ्चनपुरमा बाख्रा चराउन गएका एक जना नदी किनारमा मृत अवस्थामा भेटिएका छन्। जिल्लाको लालझाडी गाउँपालिका-४ जाँई बस्ने ४५ वर्षीय करन सिंह साउँद दोदा नदी किनारमा मृत भेटिएको प्रहरीले जनाएको छ।
उनी बाख्रा चराउन गएकोमा बेलुकासम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा नदीको किनारमा मृत भेटिएका हुन्। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।