कैलाली। कैलालीमा डल्लबसँग मोटरसाइकल ठोक्किदा २ जनाको मृत्यु भएको छ। सोमबार राति कैलालीको घोडाघोडी नगरपालिका–१० सशस्त्र बेस क्याम्प नजिकै पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको राँगा डल्लबमा ठोक्किँएको हो।
मोटरसाइकल चालक गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय असीम राजवंशी र मोटरसाइकलमा पछाडि बसेका सोही ठाउँका २७ वर्षीय बिजेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।राजबंशीले चलाएको से.५ प ७५७८ नम्बरको मोटरसाइकल बिपरित दिशाबाट आउदै गरेको घोडाघोडी नगरपालिका–१० का ६० वर्षीय कलेसु चौधरीले चलाएको राँगा डल्लबमा ठोक्किएको थियो।
राजबंशीको उपचारको क्रममा घोडाघोडी अस्पताल सुख्खडमा मृत्यु भएको थियो। मोटरसाइकल पछाडी सवार चौधरीको पनि सोही राति उपचारक्रममा माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ।