धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को कार्यालयले निशुल्क आँप र लिचिका बोट विरुवा वितरण गरेको छ। सोमबार वडाले एक व्यक्तिलाई आँप र लिचि गरी दुई बोटका दरले विरुवा वितरण गरेको हो।
वडा अध्यक्ष राजबहादुर ऐरले वडाभर आँप र लिचि गरी ३ हजार ४ सय ८० विरुवा वितरण गरिएको बताए। अध्यक्ष ऐरले भारत लगायतका मुलुकबाट आयात हुने फलफुलमा कमि ल्याउन फलफुलका बिरुवा बितरण गरेको बताए। उनले पहिलो चरणमा १८ सय घरधुरीमा बोट बितरण गरेको बताए।
धनगढी उपमहानगरपालिका वडा नम्बर ३ तरकारी खेतीका लागि राम्रो र उर्बर रहेको बताउदै उनले अब वडालाई फलफुलको हव बनाउन बोटहरु बितरण गरीएको जानकारी दिए। विरुवा लिनका लागि वडाबासीहरु विहानै देखि लाईनमा लागेका थिए। ‘वडामा आँप र लिचि गरी ३ हजार ४ सय ८० विरुवा वितरण गरेको छ’, उनले भने। ‘यसको सहि तरिकाले रेखदेख गरी हुर्काएका देख्न पाईयोस् ।’ उनले वडालाई हरियाली बनाउने अभियान अन्र्तगत विरुवा वितरण गरेको बताए । विरुवा वितरणले वाहिरबाट आयात हुने फलफूल कम हुने उनले विश्वास व्यक्त गरेका छन्।