कैलाली। बेहोस हुने औषधि खुवाएर लुटपाट गर्ने कैलालीका एक व्यक्ति पक्राउ परेका छन् । भारतबाट नेपाल आउने क्रममा सोझासाझालाई बेहोस हुने औषधि खुवाएर लुटपाट गर्ने कैलालीको लम्कीचुहा ८ का ३९ वर्षीय बसन्त दमाई पक्राउ परेका हुन् ।
शनिबार साँझ प्रहरीले कञ्चनपुरको महेन्द्रनगरको बसपार्कबाट पक्राउ गरेको हो । असार २ गत दमाईले भारतबाट आउँदै गरेका कालिकोट नरहरी गाउँपालिका–९ बस्ने एक व्यक्तिको नगद १ लाख ४७ हजार भारतीय रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरेका थिए । अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले बसपार्कबाटै फेला उनलाई पक्राउ गरेको हो । दमाई ठूलो गिरोहका सदस्य रहेको हुनसक्ने आशङ्कामा प्रहरीले गरेको छ । उनीमाथी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।