धनगढी। सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगर धनगढीले आगामी आर्थिक बर्षका लागि झण्डै दुई अर्ब बराबरको बजेट सार्वजनिक गरेको छ। नगर सभाको दशौँ अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले आगामी आर्थिक वर्ष २०८०/८१ का एक अर्ब ९३ करोड ८ लाख २४ हजार दुई सय १८ बराबरको बजेट प्रस्तुत गरेकी हुन्।
यो बजेट चालु आर्थिक वर्षको भन्दा १० करोडले धेरै हो। चाुल आर्थिक वर्षमा १ अर्ब ८३ करोडको बजेट रुपैयाँको बजेट ल्याएको थियो। उपप्रमुख रानाले चालुतर्फ एक अर्ब १७ करोड ४४ लाख ९७ हजार र पुँजीगततर्फ ७८ करोड ६५ लाख २७ हजार विनियोजना गरिएको उनले बताइन्।
उपमहानगरपालिकाले आन्तरिकतर्फ ३५ करोड ४३ लाख ३० हजार दुई सय १८ रुपैयाँ, राजश्व बाँडफाँडतर्फ ४६ करोड ९७ लाख ९४ हजार, संघीय सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ९२ करोड ५० लाख, प्रदेश सरकारको अन्तर सरकार वित्तीय हस्तान्तरणतर्फ ३५ करोड ३२ लाख १२ हजार र सरी आएको १२ करोड ५० लाख रकमलाई आयतर्फ विनियोजन गरेको छ।
क्षेत्र गत कार्यक्तम अन्र्तगत आर्थिक बिकास तर्फ ९ करोड ६५ लाख ९३ हजार ८ सय १७, सामाजिक बिकास तर्फ ८५ करोड ३६ लाख ५ हजार २ सय २२,पुर्वाधार बिकास तर्फ ३६ करोड ८३ लाख ७४ हजार १ सय ९४,सुसासत तथा अन्र्त सम्बन्धी तर्फ ५ करोड ६५ लाख ५५ हजार ५९, कार्यालय सञ्चालन तर्फ ५५ करोड ५६ लाख ९५ हजार ९ सय २६ रकम बिनियोजन गरेको छ।