अत्तरिया। गोदावरी नगरपालिकाले अत्तरिया लोटस गल्लीमा रहेको सिएमए सँगको मुल गेट भत्काएको छ । नगरपालिकाले सडक विस्तारको क्रममा उक्त गेट भत्काएको जनाएको छ । सिएमए संघको केन्द्रिय कार्यालयले उक्त गेट बनाएको थियो । संघको कार्यालय समेत उक्त टोलमा रहेको छ ।
गेट भात्काएपछि केही स्थानियले भने असन्तुष्टी जनाएका छन । उनीहरुले नगरपालिकाका मेयरको निर्देशनमा पूर्बाग्रही बनेर गेट भत्काएको आरोप लगाएका छन । सिएमए संघ का पूर्व अध्यक्ष गणेश जिमी साउँदले बिना कारण गेट भत्काएको बताए। उनले नगरपालिका का प्राविधिकले समेत गेट भत्काउन आवश्यक नभएको बताएपनी गेट भत्काएको दुखेसो पोखे ।
स्थानीयले नक्सामा भएको बाटो छोडेर कतै चौडा त कतै साँघुरो बनाएको आरोप लगाएका छन । नगरपालिकाले भने उक्त गेट सडकमा परेको कारण हटाएको जनाएको छ । नगरप्रमुख बिरेन्द्र भट्टले भने गेट सडकमा परेकाले दुर्घटनाको जोखिम बढी भएकाले भत्काइएको बताएका छन् । उनले गेट नजिकै विद्यालय, अस्पताल भएकाले बढी भिडभाड हुने भएकाले दुर्घटनाको जोखिम भएको बताए ।
उनले आफ्नो चाहना नहुँदा नहुँदै पनि दुर्घटनाको जोखिम बढेका कारण गेट भत्काइएको बताए । उनले स्थानीयले नै गेट भत्काउनु पर्छ भनेका कारण भत्काइएको बताए । उनले तत्काल नसकिएपनि भविस्यमा अत्तरियाको चारै तिर ४ वटा गेट बनाउने सोच रहेको बताए। उनले आरोप लगाए जस्तो बाटोको चौडाई कुनै पनि ठाउँमा नघटाइएको बताए ।