धनगढी। धनगढीमा राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा आएको छ। बिहीबार पत्रकार सम्मेलन मार्फत उक्त फेसन डिजाइन टेक्नोलोजी सञ्चालनमा आएको जानकारी गराइएको हो।
धनगढी उपमहानगरपालिका-२ एसपीए क्याम्पस अगाडि उक्त टेक्नोलोजी सञ्चालन भएको छ । फेसन डिजाइन सम्बन्धि तालिम लिनका लागि सुदूरपश्चिमका महिलाहरू काठमाडौं अथवा भारत जानुपर्ने समस्या रहेको र उक्त समस्यालाई समाधान गर्न फेसन डिजाइन टेक्नोलोजी सञ्चालन गरिएको राज्य ईन्स्टिच्युट अफ फेसन डिजाइन टेक्नोलोजीकी सञ्चालिका दिप्ती शाहीले बताइन्।
टेक्नोलोजीमा १५ महिने डिप्लोमा कोर्स सञ्चालनमा ल्याइने र डिप्लोमा कोर्सअन्तर्गत फेसन डिजाइन कम्टिसन, साइड भिजिट, प्रेरणादायी कक्षा र आत्मविश्वास बढाउनेलगायत कुराहरू सिकाइने बताइएको छ। विद्यार्थीलाई ५० प्रतिशत प्रयोगात्मक र ५० प्रतिशत सैद्धान्तिक गरि प्रत्येक दिन अढाई घण्टा पढाई हुने शाहीले बताइन्। उक्त फेसन डिजाइनिङ कोर्स लिनका लागि कुनैपनी शैक्षिक प्रमाणपत्रको आवश्यकता नपर्ने उनले बताएकी छन्। टेक्नोलोजीले फेसन डिजाइनीङ कोर्स गरेका विद्यार्थीलाई उद्यमी बन्नका लागि सहयोग गरिने बताइएको छ।