सुर्खेत। नेकपा एमालेका सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले सरकारले ल्याएको बजेट पास गर्नेमा विषयमा गठबन्धनका दलहरू नै अन्योलमा रहेको बताएका छन्। मंगलबार बिहान सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा भट्टले बजेट अर्थनीतिलाई माथि उकास्ने खालको नभएको आरोप लगाए।
उनले भने,बजेटमा सुधारका कार्यक्रमहरू देखिएको छैन। बजेट वितरणमुखी परम्परागत तरिकाले आएको छ । कर नीतिमा पनि ठिक नभएकोले यसलाई पास गर्ने विषयमा गठबन्धनभित्र नै अन्यौलता देखिएको छ।
पत्रकारहरूसँगको कुराकानीको क्रममा भट्टले हिजो गठन भएको समाजवादी मोर्चाले कुनै नयाँ चिज दिन नसक्ने ठोकुवा गरे। साथै उनले एमालेमा पूर्व माओवादीहरूमाथि कुनै पेलान नभएको दाबी गरे। भट्ट इन्चार्ज भएपछि प्रदेश कमिटीको बैठकमा भाग लिन पहिलो पटक कर्णाली पुगेका हुन।