कैलाली। सुदुरपश्चिम प्रदेश सभा सदस्य ओम बिक्रम भाट ‘सरल’ले मोर्चाले मात्र समाजवादी आन्दोलनको यात्रा तय गर्न नसक्ने बताएका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले सो कुरा बताएका हुन् ।
“मोर्चाले मात्र समाजवादी आन्दोलनको यात्रा तय गर्न सक्दैन। हाम्रो आचरण, व्यवहार र कार्यशैली एकातिर हुनेगर्छ भने हाम्रो बिचार, सिद्धान्त, राजनीति र कार्यक्रम अर्कोतिर हुनेगर्छ । त्यसैले सिद्धान्त र बिचार अनुसारको व्यवहार र कार्यशैली हुनुपर्छ । तब मात्र हामीले हाम्रो लक्ष्य प्राप्त गर्न सक्छौं,सांसद भाटले फेसबुकमा लेखेका छन् ।” समाजवादी बिचारधारा मान्ने शक्तिहरुका बिचमा समाजवादी मोर्चा घोषणा भइरहेको बताउँदै उनले भने, “समाजवादको यात्राको यो प्रारम्भिक कदम मात्र हो ।”
सबै समाजवादी शक्तिहरुलाई मोर्चामा गोलबन्द्ध गरेर नेपाली विशेषताको समाजवादी बिचार र कार्यक्रम बनाएर एउटा पार्टी बनाउन जरुरी रहेको उनको भनाई छ ।सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी(जसपा),नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत दलहरू सहभागी हुने समाजवादी मोर्चाको घोषणा सोमबार राष्ट्रिय सभागृहमा हुँदैछ।