धनगढी। नृत्य र गायन विधाको सुप प्रदेश स्तरिय प्रतियोगिता वाईवाईएसईई आइडल २ को फाईनलको समापन भएको छ।
नृत्य तर्फको उपाधी शारदा माध्यमिक बिद्यालय बैया बेहडीकी छात्रा बन्धना मौनीले हात पार्दा गायन तर्फ भने दुर्गा लक्ष्मी माध्यमिक बिद्यालय अत्तरियाकि चाँदनी कार्कीले उपाधी उचालिन्। यसैगरि नृत्यतर्फ रनर अप दुर्गा लक्ष्मी माध्यमिक बिद्यालय अत्तरियाकी चन्द्रा खड्का र गायन तर्फ रनर अप शिव मावि, जोखर तालका विनोद सुनार भए।
नृत्य तर्फका विजेताले रु ५० हजार सहित कक्षा ११र१२ मा छात्रवृत्ती हात पारे भने उप विजेताले २५ हजार कक्षा ११र१२ मा छात्रवृत्ती हात पारे । यसै गरि गायन तर्फका विजेताले रु २० हजार सहित कक्षा ११र१२ मा छात्रवृत्ती हात पारे भने उप विजेताले १० हजार कक्षा ११र१२ मा छात्रवृत्ती हात पारे। सुप विश्व विद्यालयका पुर्व रजिस्ट्रार प्रा. डा. हेमराज पन्त प्रमुख अतिथी रहेको कार्यक्रममा सभापती आयोजक संस्था प्रभात मिडियाका अध्यक्ष प्रकाश छेडाल रहेका थिए। देउडा गायीका लक्ष्मी आचार्य लगायतका राष्ट्रिय कलाकारहरुको पनि प्रस्तुती रहेको उक्त कार्यक्रमको संचालक गुणाकर पनेरुले गरेका थिए।