बैतडीको पाटनका वडा अध्यक्ष र सचिव दुर्घटनमा घाइते बैतडीमा सवारी दुर्घटना परेर वडा अध्यक्ष र सचिव घाइते भएका छन् । जिल्लाको पाटन नगरपालिका वडा नं ६ हिरापुरमा मोटरसाइकल र जिप एकआपसमा ठोक्किर दुर्घटना हुँदा जिल्लाको पाटन नगरपालिका वडा नं ८ वडा अध्यक्ष हरिश विष्ट र वड नं ९मा कार्यरत सचिव राम दत्त जोशी घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता योगेश खत्रीले बताए ।
सोमबार अप्रान्ह करिब ४ बजेको समयमा पाटनबाट खोडपेतर्फ जाने क्रममा वडा अध्यक्ष र सचिव सवार से १ ब १२९ नं को मोटरसाइकललाई विपरित दिशाबाट आउँदै गरेको सुपप्र ०१ ००१ च २६६९ नं जिपले दशरथचन्द राजमार्गमा पर्ने पाटन नगरपालिका ६ स्थित हिरापुर नजिकै ठक्कर दिदा वडा अध्यक्ष बिष्ट र वडा सचिव जोशी घाइते भएका हुन् ।
वडा अध्यक्ष बिष्टको खुट्टा, अनुहार र शरिरका अन्य भागमा गम्भिर चोट लागेको छ भने वडा सचिव जोशीका खुट्टामा चोट लागेको बताइएको छ । घाइते दुवैजनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको प्रहरीले जनाएको छ ।