कञ्चनपुर। कञ्चनपुरमा चोरी मुद्धाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ परेका छन्। कञ्चनपुरमा घर चोरी गरेर फरार रहेका जिल्लाको साविकको झलारी गा।बि।स–५ का भिमबहादुर ऐर ३१ वर्षपछि आज बिहिवार पक्राउ परेका हुन्।
उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते २६ दिन कैद र छ हजार नौँ सय २९ रुपैँया जरिवाना तोकेको थियो। ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहिवार आफ्नै घरमा लुकिछिपि रहेको अवस्थामा पक्राउ गरेको हो। उनलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरीले जनाएको छ। उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।