धनगढी। नेकपा माओवादी केन्द्रनिकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सुदूरपश्चिम प्रदेश अध्यक्षमा सरस्वती रावल सर्वसम्मत चयन भएकी छ्न । बिहीबार धनगढीमा सम्पन्न अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनले रावलको अध्यक्षतामा १२९ सदस्यीय समिति सर्वसम्मत चयन गरेको हो।
सम्मेलनले उपाध्यक्षमा उर्मिला चौधरी,सत्यदेवी चिमाडी,मैना रावल र कमला चौधरी चयन गरेको जनाइएको छ। त्यस्तै सचिवमा कमला ज्ञवाली (श्रीपाइली),सह(सचिवमा दुर्गा जोशी (भट्ट), लिला कुँवर र कोषाध्यक्षमा गीता नेपाली सर्वसम्मत चयन भएको जनाइएको छ । जेठ २२ गतेदेखि धनगढीमा सञचालित सम्मेलन बिहीबार सम्पन्न भएको छ।