कैलाली। कैलालीमा स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ परेका छन् । कैलाली प्रहरीले स्रोत नखुलेको एक लाख ३४ हजार एक सय ५५ रुपैयाँसहित दुईजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
आज बिहीबार बिहान सवा १ बजे प्रहरी चौकी गेटाबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका-५का २८ वर्षीय पुष्कर कडारा र सोही नगरपालिका–३ मालाखेतीका १९ वर्षीय बिशाल बलायरलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरिएको बताइएको छ ।
प्रहरीका अनुसार कडाराले चलाइरहेको अत्तरियाबाट धनगढी तर्फ जादै गरेको सु.प.प्र.०१–००१ ह ३६५५ नम्बरको अटोलाइ चेकजाँच गर्दा सो रकम फेला परेको हो । अटो र चालकसमेत दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।