धनगढी : राष्टपति रामचन्द्र पौडेलबाट आम माफी पाएका पुर्व सांसद रेशमलाल चौधरीलाई इलाका प्रहरी कार्यालय टिकापुरका प्रमुख प्रहरी नायब उपरिक्षक उद्धव सिहं भाटले खादा माला लगाएर स्वागत गरेको भिडियो खिच्ने एक जनालाई भाटले कार्यकक्षमै बोलाएर धम्की दिएको पाइएको छ । भाटले आफ्नै कार्यकक्षमा बोलाएर जिवन चौधरीलाई थर्काएका छन् । उनले रेशम चौधरीलाई हिरो बनाउन आफ्नो बदनाम गर्ने गरी भिडियो खिचेको भन्दै चौधरीलाई आवेगमा आएर धम्काएका हुन् ।
रेशम चौधरीलाई खादा माला लगाएको भिडियो भाइरल भएपछि टिकापुरबाट शरुवा भएका भाटले भिडियो खिच्ने चौधरीलाई तथानाम गालीगलौज गर्दै धम्की दिएको पाइएको छ । उनले अपसब्द प्रयोग गर्दै रेशमलाई हिरो बनाउन मेरो बदनाम गर्ने, तिमिहरुका लागी भाइरल हुने भिडियो होला मेरो लागी नराम्रो भयो भन्दै थर्काएका छन् ।
(भिडियो बि एल न्युजबाट)
https://www.facebook.com/watch/?v=2190636384478766&t=128
टिकापुर घटनामा मारिएका मध्ये चार जना आफ्नै गाउँको भएको र उनीहरूका सबै आफन्त आफूसँग रिसाएको उनले बताएका छन्। डिएसपी भाटले भनेका छन्, ‘जसरी त्यो पुलिसहरूलाई मारेको छ नि त्यसरी नै मैले तिमीलाई मारेर फालेँ भने पनि मेरो रिस मर्दैन, ममाथि न्याय पनि हुँदैन। यति मेरो बेइजत भाको छ तेरो कारणले।’
भिडियो खिच्ने जीवन चौधरीले प्रहरी नायब उपरिक्षक भाटले कार्यकक्षमै बोलाएर धम्क्याएको बताए । समाचार सामग्रीका लागी भिडियो खिचेको बताउँदै चौधरीले डिएसपीलाई बदनाम गराउने कुनै उद्देश्य नरहेको दावी गरे ।