कैलाली। कैलालीको चुरेस्थीत एक घरमा आगलागि भएको छ। कैलालीको चुरे गाउँपालिका–१ पाखिरका टेकबहादुर विकको घरमा आगलागि भएको प्रहरीले जनाएको छ । खरले छाएको ढुङ्गा माटोले बनेको विकको दुई तले घरमा भान्सामा खाना पकाउने क्रममा आगलागी भएको हो ।
आगलागी हुँदा खाद्यान्न,लत्ताकपडा,भाडाकुँडा,सोलार, ८ वटा कुखुराका चल्ला लगायत गरी तीन लाख ५० हजार बराबरको धनमाल जली नष्ट भएको प्रहरीले जनाएको छ।प्रहरी र स्थानियबासीहरुको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

